Rule 43
अनुगमन तथा मूल्यांकन समिति
(१) सिंचाइ प्रणालीले पु¥याएको सेवा, पानीको परिमाण,बाली सघनता, उत्पादन बृद्धि, उपभोक्ता संस्थाको संस्थागत तथा आर्थिक स्थिति र कार्यक्षेत्रमा भएका परिर्वतन समेतलाई आधार मानी सिंचाइ प्रणालीको अनुगमन तथा मूल्यांकन गर्न नेपाल सरकारले आवश्यकता अनुसारको अनुगमन तथा मूल्याङ्कन समिति गठन गर्नेछ ।(२) उपनियम (१) बमोजिम अनुगमन तथा मूल्याड्ढन समिति गठन गर्दा अन्य व्यक्तिहरुको अतिरिक्त सिंचाइ उपभोक्ता संघको पनि प्रतिनिधित्व गराईनेछ ।